प्रधानमन्त्री देउवाले फागुन ६ गते राजीनामा दिने


काठमाडौं माघ २४ – प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन ६ गते राजीनामा दिने भएका छन ।

कुनै प्राविधिक गडबडी नभए देउवाको राजिनामा फागुन ६ गते आउने देउवा निकट श्रोतले जानकारी दिएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको अन्तिम नतिजा राष्ट्रपति विद्या भण्डारीलाई बुझाएको भोलिपल्ट राजीनामा गर्नेगरी निकटहरुसँग छलफल चलाएका बताइएको छ ।

निर्वाचन आयोगले प्रकृया छोट्याएर फागुन ५ गते प्रतिनिधि सभासदस्यको समानुपातिक परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ ।
कानुन मन्त्री यज्ञबहादुर थापाले पनि चुनावी सरकार भएकाले चुनावको नतिजा आएपछि सरकारमा बसिरहन नमिल्ने बताए । ‘यो चुनावी सरकार हो, चुनावको नतिजा आएको भोलिपल्ट नै प्रधानमन्त्रीले राजिनामा दिनुहुन्छ’ मन्त्री थापाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार