बाघ, एशियाली गैँडा र हात्तीको चिकित्सा विज्ञानसम्बन्धी क्षेत्रीय कार्यशाला गोष्ठी सम्पन्न

काठमाडौं माघ २४ बाघ- एशियाली गैँडा र हात्तीको चिकित्सा विज्ञानसम्बन्धी क्षेत्रीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

नौबुँदे सौराहा घोषणापत्र जारी गर्दै कार्यशाला सपन्न भएको छ । विभिन्न १३ देशका विज्ञ सहभागी कार्यशालाले वन्यजन्तुको स्वास्थ्य व्यवस्थापन रणनीति र त्यसको कार्यान्वयनका लागि संयन्त्र तयार पार्न सम्बन्धित निकायमा पहल गर्ने निष्कर्षसहित नौबुँदे सौराहा घोषणापत्र जारी गरेको छ ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा कृषि विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकायको संयुक्त आयोजनामा यही माघ २२ गतेदेखि अन्तर्राष्ट्रिय विज्ञको सहभागितामा कार्यशाला शुरु भएको थियो ।

कार्यशालाले वन्यजन्तुको स्वास्थ्य व्यवस्थापनसम्बन्धी विषयलाई विश्वविद्यालयको पाठ्यक्रममा समावेश गरी जनशक्ति तयार पार्न पहल गर्ने, बिरामी वन्यजन्तुको हेरचाह, रोगको पहिचान र निदानका लागि चितवन निकुञ्जमा सुविधायुक्त वन्यजन्तु अस्पताल बनाउने, युवापुस्तालाई वन्यजन्तुको संरक्षण र स्वास्थ्यको व्यवस्थापनमा आकर्षित गराउन पहल गर्ने निष्कर्ष निकालेको छ ।

उहाँले कार्यशालामा हात्तीसम्बन्धी कार्यपत्र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका अनुसन्धान अधिकृत बाबुराम लामिछानेले प्रस्तुत गरेका थिए । सो कर्याशालामा १३ देशका ८७ जना विज्ञको सहभागिता थियो । उक्त गोष्ठीमा नेपालसहित पाकिस्तान, भारत, इण्डोनेशिया, चीन, अष्टे«लिया, म्यानमार, अमेरिका, मंगोलिया, रसिया, थाइल्याण्ड, बेलायत, भियतनामका विज्ञको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार