एसपी बिद्यानन्द माझी निलम्बनमा


सुनसरी, माघ २४- सुनसरीको ईटहरीमा भएको बलात्कार काण्डमा घटना सामसुम पार्न भुमिका खेलेको भन्दै प्रहरी उपरीक्षक एसपी बिद्यानन्द माझी सुनसरी बाट निलम्बनमा परेका छन ।
खोटाङबाट सुनसरी सरुवा भएको ४ महिनाको अवधिमै उत्कृष्ट काम गरेको भन्दै माझीलाई ६२ औं प्रहरी दिवसको अवसरमा सम्मान गरिएको थियो ।

फरार अभियुक्त पक्राउ, तस्करी र गुन्डागर्दी नियन्त्रण साथै भन्सार छलीका सामान बरामद लगायतका कार्यमा उत्कृष्ट क्षमता प्रदर्शन गरेको भन्दै माझी सम्मानित भएका थिए । माझी सँगै इलाका प्रहरी कार्यलय ईटहरीका इन्स्पेक्टर चिरञ्जीवी दाहाल पनि निलम्वनमा परेका छन । बालिका बलात्कार प्रकारणलाई लुकाउन भूमिका खेलेको आरोप लागेपछि प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई माझीलाई निलम्बन गर्न सिफारिस गरेको छ । सई भीमबहादुर खत्रीमाथि पनि छानविन सुरु भएको छ । उनले एसपी माझीको निर्देशनमा बालिका बलात्कारको घटनालाई लुकाउन भूमिका खेलेको आरोप लागेको छ । यसअघि १६ पुसमा अंग्रेजी नयाँ वर्ष मनाउन इटहरीको रोयल रिसोर्ट होटलमा गएकी १४ वर्षीय बालिका बलात्कृत भएकी थिइन ।

प्रहरी प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक मनोज नेउपानेले दुईजनालाई निलम्बन गर्नका लागि गृह मन्त्रालयलाई सिफारिस गरिएको बताएका छन । थप अनुसन्धान भइरहेको पनि प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार