काठमाडौं, माघ २३- काठमाडौंको बूढानिलकण्ठस्थित आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माका शर्माको घरमा मंगलबार दिउँसो नेत्रविक्रम चन्द विप्लव नेतृत्वको कार्यकर्ताले तोडफोड गरेका छन् ।
घरमा तोडफोड गर्ने र घटनामा संलग्न भएको आशंकामा १४ महिला र २८ पुरुष गरी पार्टीका ४२ कार्यकर्ता पक्राउ गरेको महानगरीय प्रहरी बृत्त महामराजगन्जका प्रहरी इन्सपेक्टर दिनेश भण्डारीले जानकारी दिए ।
अदालतले एक करोड रुपैयाँ धरौटीमा शर्मालाई सामान्य तारेखमा रिहा गरेको थियो। त्यसकै विरोधमा नेकपाले शर्माको घरमा तोडफोड गरेको जनाएको छ। कर फछर्यौट आयोगमा रहँदा अर्बौं रकम भ्रष्टचार गरेको आरोपमा अख्तियारले शर्मासहित आयोगका तीन पदाधिकारीविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो।
आक्रमणबाट शर्माको घरका टायर र झ्यालका सिसाहरु फुटेको प्रहरीले जनाएको छ। अदालत र राज्यबाट संरक्षित भ्रष्टचारीलाई चेतावनी स्वरुप घर तोडफोड गरिएको उक्त पार्टीले जनाएको छ।
