मोहन बैद्य र विप्लवले जनयुद्ध दिवससँगै मनाउने


काठमाडौं, माघ २३- मोहन बैद्यले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओवादीको र र विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले जनयुद्ध दिवससँगै मनाउने भएका छन ।
आइतवार दुबै पार्टीबीचको उच्चस्तरिय वार्ता सम्पन्न भएको छ । पार्टी एकताको विषयलाई लिएर विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका शिर्ष नेताहरुबीच भएको वार्तामा तीन बुँदे सहमति भएको छ ।

वार्तामा जनयुद्ध दिवससँगै मनाउने, राष्ट्रिय स्वाधिनता, भ्रष्टाचार, जनजिवीकाका विषयमा संयुक्त रुपमा संघर्ष गर्ने र कम्युनिस्ट आन्दोलनलाई एकीकृत र ध्रुविकरण गर्ने दुबै पार्टीका शिर्ष नेताहरुले सहमति गरेका छन् । पार्टी एकताबारे थप छलफल गर्दै जाने सहमति भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार