नेपालीलाई लखेट्दै भारतका २ प्रहरी जवान हतियार सहित नेपाल प्रवेश गरे

सुनसरी माघ २२ -सुनसरीको भाणटावारीमा भारत बिहारका २ प्रहरी जवान हतियार सहित नेपाली लाई लखेट्दै नेपाल प्रवेश गरेका छन ।
वनटेस्ट कारमा एसएमजी ९ र पिस्टन सहित भारत मधुवनी जिल्ला लौकही थानाका एसआई रामअशिश काम्ती र हवल्दार बर्जेन्द्र शर्मा स्थानीय सीमावर्ती क्षेत्रका नेपाली लाई लखेट्दै नेपाली भुमिमा प्रवेश गरेको भाणटावारी स्थानीयहरुले बताएका छन् ।

नेपालीलाई फोनमा भेट्न बोलाएर समात्न खोजेपछि स्थानीय दुई जना नेपाली भागेर नेपाल प्रवेश गर्दा समेत भारतीय प्रहरी उनीहरूलाई लखेट्दै हतियार सहित नेपाल प्रवेश गरेका हुन । स्थानीय सीमावर्ती क्षेत्रका नेपाली प्रहरीसंग समन्वय नगरी नेपालमा प्रवेश गरेर मार्ने प्रयास गरेको कोसी गाउँपालीका वडा नम्बर ८ का अध्यक्ष विन्देश्वर यादवले बताए ।
यादव सहितको नेतृत्वमा रहेको स्थानीयहरु संगै बिओपी भाणटावारीका सशस्त्र प्रहरीले उनीहरू लाई समातेर नेपाल प्रहरीको जिम्मा लगाएको थिए । यस्तो घटना फेरि नदोहोरिने प्रतिबद्धता भारतीय पक्षले जनाएपछि उनीहरूलाई नेपाल प्रहरीले भारतीय प्रहरी जिम्मा लगाएको सुनसरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार