२० औं बुढासुब्बा गोल्डकपको आज देखि क्याटर फाइनल खेल हुने


धरान, माघ २२- धरान फुटबल क्लबले आयोजना गरेको २० औं बुढासुब्बा आमन्त्रण रेडबुल गोल्डकप अन्तर्गत आज क्याटर फाइनल खेल हुने भएको छ ।
विभागीय टिम नेपाल पुलिस र केएफटिसी झापा ११ बीच खेल हुने आयोजकले जानकारी दिएको हो ।
हिजो खेलममा भारतको दुर्गापुर स्टिलले आयोजक धरान फुटबल क्लबलाइ पाखा लगाएको थिए । दोस्रो खेलमा खेल अवधिभर दुवै टिमले दुई दुई गोल गरेपछि खेल ट्राइबेकरमा थकेलिएको थियो ।सडन डेथमा दुर्गापुर स्टिलले धरान फुटबल क्लबलाई १–० ले पराजित गरेको हो । खेलको म्यान अफ द म्यान दुर्गापुर स्टिल भारतका बाबुलाल हस्ता घोषित हुदै नगद १० हजार सहित प्रमाणपत्र हात पारे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार