डेढ महिनाको अवधिमा २ हजार लिटर घरेलु मदिरा बरामद


मोरङ माघ २२ – मोरङको रंगेलीस्थित ईलाका प्रहरी कार्यलयले डेढ महिनाको अवधिमा २ हजार लिटर अबैध रुपमा घरमा उत्पादने गरेका घरेलु मदिरा बरामद गरेको छ ।
मोरङको कानेपोखरी,रमाइलो ,जदाह, दलेली लगायतका स्थानबाट उत्पादन गरेको मदिरा नियन्त्रणमा लिएको हो ।
त्यसैगरी नेपाल बाट अबैध रुपमा भारत तर्फ लैजादै गरेको ५ सय लिटर डिजल समेत बरामद गरेको छ । बरामद गरिएको मदिरा र डिजल अन्दाजी १ लाख ५० हजार रुपैयाँ बराबर मुल्यको रहेको छ । सोमबार बिराटनगर भन्सार कार्यलय र मदिरा आन्तरिक राज्स्व कार्यलयमा बुझाईएको ईलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक संन्जिव बाबू खड्काले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार