सिद्धार्थ बैंक लिमिटेड म्याग्दी शाखाले आश्रमलाई आर्थिक सहयोग

 1105 पटक हेरिएको

म्याग्दी, माघ २२- सिद्धार्थ बैंक लिमिटेड म्याग्दी शाखाले बेनी नगरपालिका–९ गलेश्वरधाममा अवस्थित ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग गरेको छ ।

आइतबार बेनी शाखाको उद्घाटनका अवसरमा बैंकका सहायक सिइओ सुन्दरप्रसाद कँडेलले बैंकले रु दुई लाख ११ हजार आर्थिक सहयोग गरेको बताए । बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठ र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष कर्माचार्यले गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्धबहादुर केसीलाई नगद हस्तान्तरण गरे ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत वृद्धवृद्धाको बसोबासलाई सहज बनाउने उद्देश्यले कोषको स्थापना गरेको बैंकका बेनी शाखा प्रमुख गणेश पाठकले बताए । प्राकृतिक उपचारस्थलका रूपमा परिचित म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीको विभिन्न स्थानमा भेटिएका तातोपानीको मुहान र धाराहरूलाई संरक्षणका साथै व्यवस्थित गरिने भएको छ ।

प्राकृतिक उपचारस्थलका रूपमा स्वदेश तथा विदेशमा चर्चित तातोपानीमा मुख्य कुण्डका अतिरिक्त म्याग्दी नदीको किनारमा थप तीनवटा तातोपानीका मुहानहरू भेटिए पनि अलपत्र अवस्थामा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार