धुर्मुस-सुन्तलीले रौतहटको सन्तपुरमा यसरी ठड्याए एकीकृत बस्ती (फोटो फिचर)

रौतहट। धुर्मुस-सुन्तली फाउण्डेसनले रौतहटको चन्द्रपुर नगरपालिका–८ स्थित सन्तपुरमा एकीकृत बस्ती निर्माण कार्य सम्पन्न गरेको छ । फाउण्डेशनका संयोजक सिताराम कट्टेल (धुर्मुस)ले आइतबार बस्तीको निर्माण कार्य पूरा भएको र माघ २३ गते विहान ११ बजे हस्तान्तरण गरिने जानकारी दिएका छन् । उनले सबैलाई उपस्थितीका लागि अनुरोध समेत गरेका छन् ।

तराईका बाढीपीडितलाई लक्षित गरी सन्तपुरमा धुर्मुस सुन्तलीले चौथौ एकीकृत नमुना बस्ती निर्माण गरेको हो । उक्त वस्ती सुन्दर शहर जस्तै देखिएको छ । व्यवस्थित बाटोघाटो, ढल निकास, धारा, बिजुली बत्ती, भ्यू-टावर, सामुदायिक भवन, प्राथमिक विद्यालय, नमुना क्लव घर, चिड्रेन पार्क र मन्दिरसहित ४७ आवासीय घर यहाँ बनेका छन् ।

निर्माणको सम्पन्न भएको यो नमुना बस्ती तराई–मधेसको पर्यटकीय गणतव्य समेत बन्ने सम्भावना देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार