जननायक रामप्रसाद राईको स्मृतिमा फागुनमा खुल्ला राष्ट्रिय कविता महोत्सव हुने


काठमाडौं माघ २१- जननायक रामप्रसाद राई स्मृति प्रतिष्ठानले राईको १०९औँ जन्मजयन्तीका अवसरमा खुल्ला राष्ट्रिय कविता महोत्सव आयोजना गर्ने भएको छ ।
राई वि.सं२००७ सालको जनक्रान्तिका मुक्तियोद्धा तथा जननायक हुन । फागुन २६ गते काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजना गरिने कविता महोत्सवमा राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्य रहने प्रतिष्ठानकी अध्यक्ष तारादेवी राईले बताइन ।
प्रतिष्ठानका सचिव तथा कविता महोत्सव संयोजन समितिका संयोजक शशी लुमुम्बूका अनुसार कवितामार्फत जननायक राईको व्यक्तित्व, योगदान र कीर्तिलाई उजागर गर्ने उद्देश्यले कविता महोत्सवको आयोजना गर्न लागिएको हो । कविता जननायक राईकै विषयमा आधारित हुनु पर्ने र बढीमा एक सय पचास शब्दका गद्य वा पद्य कविता बुझाउन सकिने संयोजक लुमुम्बूले जानकारी दिए । महोत्सवमा सहभागी कवितामध्येबाट उत्कृष्ट पाँच कवितालाई पुरस्कृत गरिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार