प्रदेशको नामाङ्कन गर्दा आदिवासी जनजातिहरुको पहिचानको आधारमा गरिनुपर्ने माग

काठमाडौं माघ २१ – प्रदेश नं १ को  नामाङ्कन गर्दा आदिवासी जनजाति किरात, लिम्बु कोचहरुको पहिचानको आधारमा गरिनुपर्ने वैद्य निकट अखिल नेपाल किरात राष्ट्रिय मुक्ति मोर्चा र अखिल नेपाल लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाले माग गरेको छ ।
धरानमा आईतबार आयोजित पत्रकार सम्मेलनमा दुवै मोर्चा यस विषयमा सहमत भएको समेत जनाइएको छ । प्रदेश सरकारको सरकारी कामकाजको भाषाको प्रयोगमा बोलिने सबै मातृभाषा लिम्बु, कोच किरातहरुको सबै भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्न सरकारलाई दबाव दिने विज्ञप्तिमा जनाइएको छ ।
जातीय मुक्तिको सवालमा भर्खरै सम्पन्न प्रशिक्षण तथा बैठकले यस्तो निर्णय गरेको मोर्चाका अध्यक्ष केवी फुदोङ र उपाध्यक्ष टंकमणि राईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । मोर्चाले जनतन्त्र, राष्ट्रियता, जनजीविका र उत्पीडित जातिको अधिकारको पक्षमा र भ्रष्टाचार, तस्करी, कालोबजारी, महङ्गीविरुद्ध अभियान सञ्चालन गर्ने जनाएको छ । दुवै मोर्चाको राष्ट्रिय भेला २०७४ चैत अन्तिमसाता गर्ने निर्णय भएको विज्ञप्तिमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार