गोली प्रहार गरी फरार रहेका सुनिलकुमार यादवलाई प्रहरीद्धारा पक्राउ

लहान, माघ २१- सिरहाका जग्गा व्यापारी मो लालु खानलाई गोली प्रहार गरी फरार रहेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले एक वर्षपछि पक्राउ गरेको छ ।
खानलाई गोली प्रहार गरी फरार रहेको आरोपमा धनुषाको कमलामाई नगरपालिका– ८ सोनापारा निवासी २० वर्षीय सुनिलकुमार यादवलाई पक्राउ गरेको हो ।
गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले धनुषाको धबौलीबाट यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यादवलाई सिरहा, मिर्चैया नगरपालिका– २ मझौलिया निवासी ३० वर्षीय खानलाई विसं २०७३ माघ १ गते गोली प्रहार गरी फरार भएको आरोप लगाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार