अफगानिस्तानमा कम्तीमा २५ आतङ्ककारी मारिए

अफगानिस्तान, माघ २१- अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा तालिवानको अखाडालाई लक्ष्य गरी सरकारी बल गरेको कारबाहीमा परी कम्तीमा २५ आतङ्ककारी मारिएका छन ।

गत २४ घण्टायता यो कारबाही जारी रहेको प्रहरी प्रवक्ताले शनिबार जानकारी दिएका हुन । यस कारबाहीमा कुख्यात तालिवान कमाण्डर मवलावी युसुफसहित चार कमाण्डर मारिएका छन । तालिवान आतङ्ककारी समूहले भने यस कारबाहीको विषयमा केही टिप्पणी गरेका छैनन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार