मिडिया समाज बेलबारी नामक संस्था गठन

बेलबारी ,माघ २१- मोरङको बेलबारीमा रहेका पत्रकारहरु संगठित भएका छन । भेलाले अम्बिका भण्डारीको अध्यक्षतामा ७ सदस्यीय मिडिया समाज बेलबारी नामक संस्था गठन गरी तदर्थ समिति समेत निर्माण गरिएको छ ।

समितिको उपाध्यक्षमा भोजराज बस्नेत सचिवमा खनेन्द्रकुमार राई  कोषाध्यक्षमा रेखा गुरुङ र सदस्यहरुमा दिनेशप्रसाद गिरी,विवेक मिश्र र सन्दिप राई चयन भएका छन ।
तर्दथ समितिले बिधान निर्माण गरी दर्ता गर्ने र सञ्चारमाध्यायमहरु र सञ्चार क्षेत्रको बिकासमा काम गर्ने दतर्थ समितिका अध्यक्ष अम्बिका भण्डारीले जानकारी दिएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार