ललितपुर, माघ २१ -रेडियो नेपालको खुमलटारस्थित प्रसारण केन्द्रको ठेकेदार कम्पनीलाई जग्गा भाडामा दिइएको छ ।

मूल्य चलनचल्तीमा प्रतिरोपनी ५ करोडभन्दा बढी पर्ने रेडियो नेपालले भाडामा दिएको भेटिएको छ । ललितपुर महानगरपालिका १५ खुमलटारस्थित रेडियो नेपालको प्रसारण केन्द्रको उत्तरपट्टिको जग्गामा महानगरपालिकाले संरचना बनाउन रोक लगाएपछि लथालिंग अवस्थामा रहेको छ ।
भाडामा प्रतिरोपनी एक लाखभन्दा कम मूल्यमा पाउन नसकिने महानगरका अधिकारीहरू बताउँछन । आव ०७३र७४ मा घरजग्गा कर प्रयोजनको सरकारी मूल्यांकन पनि उक्त क्षेत्रमा प्रतिरोपनी चक्रपथ बाहिर पर्ने पिच सडकसँग जोडिएको जग्गाको ३२ लाख २५ हजार मूल्य कायम छ ।
तर, रेडियो प्रसार सेवा विकास समितिले जग्गाको अवस्था र व्यापारिक प्रयोजनसहितलाई ध्यानमा राखेर भन्दै प्रतिरोपनी ३५ हजार न्यून भाडा दर कायम गरी त्योभन्दा माथि रकमका लागि सिलबन्दी बोलपत्रमार्फत प्रतिस्पर्धा गराई भाडामा दिने निर्णयमा गरेको थियो ।,