लुकाइ राखेको अवैध काठ सहित इन्द्रबहादुर मगर प्रहरीद्धारा पक्राउ


धरान, माघ २१- काठ तस्करी धरान–१७ रेल्वेबाट प्रहरीले इन्द्रबहादुर मगरलाई पक्राउ गरेको छ ।
लुकाइराखेको अवैध काठ सहित गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानको टोलीले ६ किवि ८ फुट सालको काठ सहित मगरलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले जानकारी दिए । झ्याल ढोकामा प्रयोग हुने साइजको ५ फुट तथा ६ फुटको सालको काठ मगरको घरबाट बरामद भएका उनले बताए ।
सुराकीको आधारमा मगरको घरमा छापामारी सो काठ वरामत गरिएको डिएसपी पौडेलको भनाई छ । मगरको घरको वरन्डामा लूकाइ राखेको अवस्थामा काठ फेला परेका डिएसपी पौडेलले वताए । पक्राउ परेका मगर र काठ आवश्यक कारबाहीको लागी सेक्टर वन कार्यलय धरानमा बुझाइने डिएसपी पौडेलले जानकारी दिए । परेका मगरले आफु टेम्पो ड्राइभर भएको र आफुलाई कसैले फसाउन घरमा काठ ल्याएर राखिदिएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार