एमालेले स्पष्ट प्रतिबद्धता जनाए फोरम सरकारमा सहभागी हुने-फोरमका सहअध्यक्ष राजेन्द्र


काठमाडौं माघ १९- संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले एमालेले अनौपचारिक रुपमा सरकार निर्माणमा सहयोगका लागि आग्रह गरेपनि औपचारिक छलफल भने हुन नसकेको बताएका छन ।
फोरमका सहअध्यक्ष श्रेष्ठले औपचारिक छलफल भए आफुहरुको एजेण्डा स्पष्ट राख्ने उनले बताए । ‘सरकार गठनका लागी एमाले नेतृत्व आफुहरुको एजेण्डामा सकारात्मक भए सरकारमा सामेल हुन्छौँ, तर त्यसका लागी एमालेले पहल गर्नुपरयो ।’ नयाँ सरकार गठनका लागी एमालेले स्पष्ट प्रतिबद्धता जनाए आफुहरु सरकारमा सहभागी हुने भन्दै सहअध्यक्ष श्रेष्ठले त्यसो नभए प्रतिपक्षी भुमिकामै बस्ने स्पष्ट पारेका थिए । तर सत्ता समिकरण बदलिने अबस्था आए त्यसबारे फरक निर्णय गर्ने श्रेष्ठको जानकारी दिए । प्रादेशीक सरकार गठनका लागी राष्ट्रिय जनता पार्टीसँग छलफल भईरहेको भन्दै उनले केहीदिन भित्रै त्यसको टुंगो लाग्ने उल्लेख गर्नुभयो । २ नम्बर प्रदेशको मुख्य मन्त्रीका लागी पार्टी भित्र धेरै आकांक्षी देखिएपनि आपसी समझदारीमै मुख्य मन्त्री चयन हुने उनको दाबी रहेको छ । फोरम र राजपाबीचको पूर्व सहमति अनुसार नै ठुलो दलको हैसियतले आफ्नो पार्टीको भागमा मुख्यमन्त्री परेको श्रेष्ठको बताए ।
मधेशको एजेण्डामा एमाले सकारात्मक भए आगामी सरकारमा सहभागी हुने संकेत उनले गरे। बाम गठबन्धनका तर्फबाट एमाले नेतृत्वमा नयाँ सरकार गठनको गृहकार्य जारी रहेको बेला फोरम नेपालले केन्द्रीय सरकारमा सहभागी हुने संकेत गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार