बाबुराम भट्टराईले बालकृष्ण ढुंगेललाई कारागारमा भेट्न गए


काठमाडौं, माघ १९ – नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले माओवादी केन्द्रका नेता तथा पूर्व सभासद् बालकृष्ण ढुंगेललाई काठमाडौं डिल्लिबजार सदर कारागारमा गएर भेटेका छन ।
ढुंगेललाई भेटेपछि बिहीबार भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन, ‘जनयुद्धका सहयोद्धा तथा पूर्व सभासद बालकृष्ण ढुंगेललाई आज डिल्लिबजार सदर कारागारमा भेट्दा निकै आत्मग्लानिको अनुभूति भयो। क्रान्तिलाई ’अपराध’ मान्न मन कत्ति तयार भएन। जनयुद्धरूपी क्रान्तिकारी रूखको फल गणतन्त्र, संघीयता, धम्र्निरपेक्षता, समावेसीरसमानुपातिक लोकतन्त्रको फल मिठो मानेर थपीथपी खाने तर त्यो फलाउने रूखका बालकृष्ण ढुंगेलहरू जस्ता हाँगाहरूलाई बालेर आगो ताप्न कसरी सकिन्छ र?’
कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका ढुंगेललाइ भेटेपछि संयोजक भट्टराईले उनलाई भेटेपछि आत्मग्लानीको अनुभूति भएको बताएका छन । ढुंगेललाई माओवादी युद्धकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठ लगायतको हत्या गरेको आरोप सर्वस्वसहित जन्म कैदको सजाय सुनाइएको थियो । सभासद् हुँदा उनको सजायलाई सर्वोच्च अदालतले सदर गरेपछि फरार रहेका थिए । तर, केही महिना अघि मात्रै ढुंगेल पक्राउ परेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार