मधेसी दलका नेताले भेटे स्वराजलाई, उपेन्द्र यादव किन गएनन ?

काठमाडौं । मधेसकेन्द्रीत दलका नेताले दुईदिने भारत भ्रमणका लागि काठमाडौंमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन्।

विहीबार साँझ काठमाडौं आइपुगेकी स्वराजसँग राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुले राति ९ बजेपछि होटल सोल्टी पुगेर भेट गरेका हुन्।
भेटमा राजपा राष्ट्रिय पार्टी बन्न सफल भएकोमा नेतालाई स्वराजले बधाई दिएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले जानकारी दिएका छन् । उनका अनुसार दुई देशको सम्बन्धलाई कसरी प्रगाढ बनाउने विषयमा पनि छलफल भएको थियो ।

स्वराजलाई सबै राष्ट्रिय दलका प्रमुख नेताले भेट गरेपनि तराईका ‘किङ्ग’ भनेर चिनिने संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भेट गरेनन्। उनी स्वराज आएकै दिन बैठक छ भनेर तराई झरेका हुन् ।

स्रोतका अनुसार पूर्व परराष्ट्रमन्त्री समेत रहेका यादवले होटलमा गएर भेट गर्दा राम्रो म्यासेज नजाने भनेर स्वराजसँगको भेट छल्न तराई गएको बताइएको छ ।

फोरमको बैठक तराईमा आजदेखि सुरु हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार