अध्यक्ष प्रचण्ड र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता

काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराज र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । दुईदिने भ्रमणका लागि विहीबार काठमाडौं आएकी सुष्मालाई भेट्न प्रचण्ड विहानै होटल सोल्टी पुगेका हुन् ।

भेटमा द्धिपक्षीय हित, नेपाल भारत सम्बन्ध प्रगाढ बनाउने विषयमा छलफल भएको बताइएको छ । स्वराजले निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याएकोमा बधाई दिँदै पार्टी एकता र नयाँ सरकार गठनका लागि शुभकामना दिएकी थिइन । नयाँ सरकार मिलेर काम गर्न भारत तयार रहेको उनले बताइन् ।

भेटमा माओवादी केन्द्रका शीर्ष नेताहरुको पनि सहभागिता रहेको थियो । स्वराजले आजै राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

यसअघि, हिजो विदेशमन्त्री स्वराजले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग होटल सोल्टीमा करिब पौने घन्टा भेटवार्ता गरेकी थिइन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार