भारतीय विदेशमन्त्री स्वराजले आज राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्दै

काठमाडौं। दुईदिने नेपाल भ्रमणका क्रममा काठमाडौंमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आज पनि राजनीतिक र औपचारिक भेटवार्ता गर्दैछन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरवहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आज भेटवार्ता गर्ने कार्यक्रम छ ।

स्वराजले दिउँसो १२ बजे राष्ट्रपति भण्डारीलाई शितल निवासमा भेट गर्ने बताइएको छ । यस्तै साढे १२ बजे प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसअघि उनले बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गर्नेछिन् ।

भेटवार्तापछि उनी आजै दिउँसो भारत फर्किने छिन् । हिजो अपराह्न नेपाल भ्रमणमा आएकी स्वराजले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरी सकेकीछन् । उनले मधेस केन्द्रित दलहरुका शीर्ष नेतासँग पनि भेट गरेकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार