काठमाडौं । नेपाल आयल निगमले विहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा एक रुपैयाँ तथा डिजेल र मट्टितेलमा २ रुपैयाँ का दरले मूल्यवृद्धि गर्ने निर्णय गरेको प्रवक्ता बिरेन्द्र गोइतले बताए । त्यसैगरी हवाई इन्धनको मूल्य रु पाँचले बढाइएको निगमले जनाएको छ । अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर एक सय डलर मूल्य बढाएको छ ।
मूल्य बढेपछि पेट्रोलको मूल्य लिटरको एक सय चार रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य ८३ रुपैयाँ, हवाई इन्धनको मूल्य ९५ रुपैयाँ पुगेको छ। खाना पकाउने ग्यासको मूल्य भने यथावत छ।
स्वचालित मूल्य प्रणालीलाई कार्यान्वयनमा ल्याएको निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेपछि भाउ बढाएको प्रवक्ता गोइतले जानकारी दिए ।