रौतहटमा स्थानीयवासी र प्रहरीबीच झडप

रौतहट माघ १८ -भारतबाट अवैध रुपमा रौतहट जिल्लाको बंकुलबजारमा सिमेन्ट भित्राउदा प्रहरी चौकी, बंकुलले जफत गर्दा स्थानीयवासी र प्रहरीबीच झडप भएको छ ।

जिल्ला प्रहरी कार्यालय, रौतहटबाट थप टोली आएपछि स्थानीयवासीले प्रहरीमाथि ढुंगामुढा गर्दा प्रहरीले तीन राउण्ड हवाई फायर तथा लाठी चार्ज गरेको थियो ।

जफत गरिएको ४० बोरा सिमेन्ट आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालय पठाइएको इलाका प्रहरी कार्यालय, कोपवा, पिपरियाका प्रहरी नायब निरीक्षक अरुण सिंहले बताए । लाठी चार्जमा बौधिमाई नगरपालिका–७ का वडाध्यक्ष विजय कुसवाह सख्त घाइते भएपछि नजिकैको स्वास्थ्य चौकीमा उपचार भइरहेको स्थनीयवासी प्रदीप यादवले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार