हैटौँडामा प्रदेश नं ३ को प्रदेशसभाको बैठक सुरु

 

हेटौँडा,माघ १८- हैटौँडास्थित क्षेत्रीय शिक्षा निर्देशनालयमा प्रदेश नं ३ को पहिलो ऐतिहासिक प्रदेशसभाको बैठक सुरु भएको छ ।
बैठकस्थलमा सुरक्षा जाँच गरी प्रवेशको व्यवस्था मिलाइएको छ भने तोकिएका र प्रवेश पास लिएका व्यक्तिलाई मात्र प्रवेश दिइएको छ । प्रदेशसभाको पहिलो बैठक भएकाले तयारी र अभ्यासमा केही अलमल देखिए पनि सम्पूर्ण तयारी पूरा भएको प्रदेशसभा सचिवालयका सचिव डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।
संघीयता लागूपछिकै पहिलो प्रदेशसभा बैठक बस्न लागेकाले बैठकस्थलमा उच्च कर्मचारी, सुरक्षाकर्मी, स्थानीय तहका प्रतिनिधि, सञ्चारकर्मीको उपस्थिति क्रमशः बढ्न थालेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार