जनताको समस्या बुझ्ने छु -अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की

 

सुनसरी माघ १८- सुनसरी क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य तथा अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सुनसरीमा महिनैपिच्छे आएर यहाँको जनताको समस्या बुझ्ने तथा यसलाई समाधानको विकल्प खोज्ने बताएका छन ।
त्यसैगरी आँफूले सुनसरीको विकासका निम्ति सधैँ लाग्न पनि उनले बताए । नेपाली कांग्रेसका क्षेत्र नं २ का क्षेत्रीय सभापति मणिराम श्रेष्ठको निवासमा आएका कार्कीले सञ्चारकर्मीसँग कुरा गर्दै सुनसरीका जनताले आँफूलाई योग्य ठानेर बिजयी बनाएको र आगामी दिनमा समेत जनताको मनोभावना अनुसार विकास निर्माणका कामहरु गर्ने बताएका हुन ।इटहरी उपमहानगरपालिकाका १२ जना कांग्रेसका वडाध्यक्ष,तरुण दलका पदाधिकारीहरु, नेविसंघका पदाधिकारीहरुले आफ्नो समस्या राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार