बिद्यालयकोे २ कोठे पक्की भवनको उदघाटन

 

बेलबारी माघ १८ – मोरङको बेलबारी १ मा रहेको जनता आधारभुत बिद्यालयको स्वर्ण महोत्सबको अबसर बिद्यालयले निर्माण गरेको २ कोठे पक्की भवनको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले उदघाटन गरेका छन ।

सांसद बिकास कोष मार्फत प्राप्त भएको १६ लाख रुपैँयाको लागतमा सो भवन निर्माण भएको हो । पुर्ब सांसद दिलिप गच्छदार मार्फत आएको सो रकम बाट भवन निर्माण गरिएको जनाईएको छ । ४ कोठे पक्की भवन बनाउने लक्ष्यका साथ शुरु गरिएको भवनको २ कोठा पुरा भएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष पदम बहादुर निरौलाले बताएका छन ।

स्वर्ण महोत्सबका अबसरमा बिद्यालयमा निर्माण भएको स्वर्ण स्मारक को गत माघ ६ गते राष्ट्रपति बिद्यादेवी भण्डारीले अनावरण गरेकी थिईन । सोही बिद्यालयमा राष्ट्रपति भण्डारीले २०४३ देखि २०४६ सम्म ३ बर्ष अध्यायपन समेत गराएकी थिईन । कार्यक्रमका अबसरमा बिद्यालयदाई जग्गादान गर्ने जग्गादाता स्व।गणेश बहादुर एक्चाई मगर र डम्बर बहादुर एक्चाई मगरका परिवारलाई सम्मान समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार