मलेसियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्यु

झापा । दमक-२ का सुरेन्द्र विष्ट (फणिन्द्र) को वैदेशिक रोजगारीका सिलसिलामा मलेशियामा मृत्यु भएको छ । त्यहाँस्थित एयरपोर्टमा कार्यरत ३२ वर्षीय विष्टको गत माघ १३ गते सुतेको अवस्थामा मृत्यु भएको हो ।

सुतेको अवस्थामा मुखबाट फिँज निकालिरहेको अवस्थामा फेला परेपछि उपचारका लागि अस्पताल लगिएको थियो । उपचारका क्रममा अस्पतालमा विष्टको मृत्यु भएको थियो ।

तीन वर्षअघि रोजगारीका क्रममा मलेशिया पुगेका विष्टको आज (बिहीबार) शव ल्याउने तयारी भएरहेको मृतकका पिता हरिभक्तले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार