काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश लिएर विदेशमन्त्री सुष्मा स्वराज आज काठमाडौं आउँदै छिन् । वायुसेनाकै विशेष विमानमा उनी आज अपरान्ह साढे तीन बजे काठमाडौं आउने छिन् ।

उनीसँग नवनियुक्त विदेशसचिव विजय केशव गोखल र सहमसचिवद्धय सुधाकर दलेला र रबिश कुमार पनि आउने छन् । औपचारिक घोषणा नगरिएपनि विदेशमन्त्री स्वराज मोदीको विषेश दूतका रुपमा यहाँ आउँन लागेकी हुन् ।
विदेश मन्त्री स्वराजले शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नेछिन् । प्रधानमन्त्रीसँगको भेटपछि उनले शीतलनिवास पुगेर राष्ट्रपति विद्या भण्डारीसँग भेट गर्नेछिन् ।
स्वराजको भ्रमणवारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ७ माघमा एमाले अध्यक्ष केपी ओलीलाई फोन गरेर स्वराजको भ्रमणवारे जानकारी दिएका थिए ।