आगामी युग दक्षिण एशियाली युग बनाउनु पर्ने -उपराष्ट्रपति नन्दबहादुर पुन


काठमाडौँ माघ १७ । उपराष्ट्रपति नन्दबहादुर पुनले यस क्षेत्र जलस्रोत तथा प्राकृतिक स्रोतमा विश्वमा नै धनी रहेको छ, यसलाई अधिकतम उपयोग गर्दै आगामी युग दक्षिण एशियाली युग बनाउनु पर्ने बताएका छन ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा आयोजित दक्षिण एशियाली लेखा व्यवसायी सम्मेलनको आज यहाँ उद्घाटन गदै २१ औं शताब्दीलाई दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को युग बनाउनुपर्नेमा जोड दिएका हुन। उपराष्ट्रपति पुनले सार्क क्षेत्रका देशको आर्थिक समृद्धिका लागि सामूहिक प्रयत्नको खाँचो औल्याए ।

यस क्षेत्रमा गरिबी, अशिक्षा, बेरोजगारी समस्या रहेको उल्लेख गर्दै उहाँले यी समस्यालाई सम्बोधन गर्न क्षेत्रीय सहकार्य र एकतालाई अझ बलियो बनाउनुपर्छ उनले बताए ।वित्तीय प्रणालीका विविध आयाम, आर्थिक समृद्धि, लेखा व्यवसायीको क्षमता अभिवृद्धि माथि छलफल हुनेछ ।

आयोजक संस्थाका अध्यक्ष प्रकाशजङ्ग थापाले आर्थिक सुशासन, वित्तीय प्रणालीमा सुधारका लागि सरकारी तथा निजी क्षेत्रको सहकार्य आवश्यक रहेकामा जोड दिँदै भ्रष्टाचार न्यूनीकरण गर्न लेखा व्यवसायीको भूमिका महत्वपूर्ण हुने बताए ।

सम्मेलनको उद्घाटन सत्रमा दक्षिण एशियाली लेखा व्यवसायी संस्थाका प्रमुख डा सुवोधकुमार कर्णले सम्मेलनमा आर्थिक समृद्धि र दिगो विकासका लागि वित्तीय प्रणालीमा सुधार गर्नु पर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार