नयाँ चलचित्र ‘फल्ट’ बन्ने


काठमाडौं माघ १७ -नयाँ चलचित्र ‘फल्ट’ बन्ने घोषणा गरिएको छ । चलचित्रका निर्देशक सुवास जिसी, फिल्ममा सन्तोष काफ्ले निर्माता रहेका छन । फिल्मलाई शुभकामना दिँदै पूर्व सभामुख तथा एमाले नेता सुवासचन्द्र नेम्बाङले नेपाली राजनीति जस्तै फिल्म क्षेत्रमा पनि हुने उतारचढावलाई आफूले नजिकबाट नियाल्ने गरेको बताए ।

पूर्व सभामुख नेम्वाङले नेपाली कलाकारले विदेशी चलचित्रमा कमाएको ख्यातिबाट आफू परिचित रहेको बताउँदै पाकिस्तानको कराँची जाँदा त्यहाँ शिव श्रेष्ठको पोष्टर देख्न पाउँदा खुशी भएको खुलाए । चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले समाजलाई सकारात्मक दिशातर्फ उन्मुख गर्ने किसिमका चलचित्रहरु बनिरहेका समयमा यस फिल्म ‘फल्ट’ले त्यही बाटोलाई समात्नेमा आफू ढुक्क रहेको बताए ।
फिल्ममा शुभ आचार्य, देवराज अधिकारी, निशा श्रेष्ठ, अनिल थापा र सगुन पोखरेल प्रमुख भूमिकामा छन । इलाम, झापा, मोरङ र काठमाडौंमा छायांकन हुने फिल्म २०७५ को वैशाख तेस्रो साता रिलिज हुने निर्माण पक्षले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार