आईलिगमा म्यान अफ द म्याच किरण चेम्जोङ चुनिए


काठमाडौँ माघ १७ — भारतको आईलिगमा म्यान अफ द म्याच नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङ चुनिएका छन ।

लिगअन्तर्गत किरणको मिनरेभा पन्जाब र इस्ट बंगालको खेल २(२ को बराबरीमा टुंगिदा उनले उत्कृष्ट प्रदर्शन गरे ।

इस्ट बंगालले एकतर्फी आक्रमण गरेको खेलमा किरणले थुप्रै बचाउ गरेका थिए । उनले खेलमा इस्ट बंगालका खेलाडीको पेनाल्टी पनि बचाए । मिनरेभाबाट किरणको यो दोस्रो खेल हो । उनको टोली अंक तालिकाको शीर्ष स्थानमा कायम छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार