प्रहरीद्धारा ६ जना युवाहरूलाई ब्राउन सुगर सहित पक्राउ

 

काठमाडौं माघ १७ – पथरीशनिश्चरेबाट ६ जना युवाहरूलाई ब्राउन सुगर सहित ईलाका प्रहरी कार्यलयले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय पथरीले विशेष सुराकीको आधारमा सो स्थानबाट अवैध लागूऔषध सहित उनिहरूलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठले दिएको जानकारी अनुसार लागुऔषध कारोबारहरूलाृइ तेश्रो चरण अन्तरगत आइपुग्दा ६ जना लाई पक्राउ गरीएको हो ।

निरीक्षक श्रेष्ठका अनुसार पक्राउ पर्नेहरूमा पथरीशनिश्चरे नगरपालीका वडा नं ७ का २३ वर्षीय लोकबहादुर राई, वडा नं ९ का ३४ वर्षीय सन्तोष गुरुङ, वडा नं २ का विकास राई र दिपेश अधिकारी, वडा नं ७ बस्ने २८ वर्षका सन्देश राई र वडा नं १ का २३ वर्षीय मोहन गुरुङरहेका छन । उनीहरुको साथबाट ४१ वटा पोका बनाइ तयारी गरिएको ३।३४ ग्राम ब्राउन सुगर, सहित पक्राउ गरिएको थियो । पक्राउ परेका ६ जनालाई बुधबार लागूऔषध सम्वन्धी मुद्दा दर्ता गरी आवश्यक कारवाही गरिने प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिए

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार