सन्दीपको आईपीएल यात्राले प्रेरणा दिएको छः विमल घर्तीमगर

काठमाडौं, १७ माघ । नेपालका युवा स्ट्राइकर विमल घर्ती मगर भारतीय क्लब मोहन बगानसँग आबद्ध भएका छन् । बगानसँग सम्झौतापछि भद्रपुरबाट सोमबार कोलकता पुगेका विमलले सोही दिन भारतीय सञ्चारकर्मीसँगको साक्षात्कारमा आफनो क्षमता देखाउन र क्लबलाई माथि पुर्याउनु आफ्नो उद्देश्य भएको बताए ।

आइपीएल खेल्ने पहिलो नेपाली खेलाडी सन्दीप लामिछानेबारे सोधिएको प्रश्नमा उनले आफूहरु एकै ठाउँको भएको र सन्दीपको आइपीएल यात्राले उत्प्रेरणा दिएको बताए। सन्दीपलाई यस सिजनको आइपीएलका लागि दिल्ली डेर भेभियर्सले २० लाख रुपैयाँ भारुमा किनेको छ ।

युरोपका केहि क्लबहरुसँग ट्रायल, डच क्लब ट्वेन्टेसँग २ हप्ता प्रशिक्षण र बेल्जियम क्लब एन्डरलेक्टसँग लामो समय आबद्ध भई राम्रो अनुभव बटुलेका विमलको टोली मोहुन बगानले आगामी शनिबार सिलोङ लाजोङसँग खेल्दैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार