विराट नर्सिङ्ग होमका चिकित्सकका लापारबाहीका कारण विरामी अवस्था नाजुक ,दोषीलाई कारबाहीको माग

 

धरान, माघ १७ – विराटनगरको विराट नर्सिङ्ग होमका उपचारमा संलग्न चिकित्सक आरके सिंहले गरेको लापारबाहीका कारण विरामीको अवस्था नाजुक भएको आरोप लगाउदै विरामीका आफन्तले दोषीलाई कारबाहीको माग गरेको छ ।
गत पौष २४ गते इटहरी ५ जनता बस्तीकी २७ बर्षीया आशिका लिम्बुको पित्त थैलीमा भएको पथरी शल्यक्रियामार्फत निकाल्ने क्रममो लापारबाही गरेको आफन्तको आरोप छ ।

आन्द्रामा प्वाल परी इन्फेक्सन भएकै कारण शल्यक्रियापश्चात विरामीको अवस्था झन विग्रिएकोले अस्पतालमै आइसियुमा भर्ना गर्नुपरेको आशिकाका श्रीमान कृष्ण सम्हाम्फेले बताए । १४ दिन सोही अस्पतालमा आइसियुमा राख्दा ठीक नभएपछि अस्पतालले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरेको थियो । अहिले पनि प्रतिष्ठानको सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर उपचार गराउनु परेको विरामीका श्रीमान कृष्णले जानकारी दिए ।
हालसम्म पनि आशिकाको होस नखुलेको बताउदै हालसम्म २० लाख भन्दा बढी उपचारमा खर्च भइसकेको उनले बताए ।

उपचारका लागि नर्सिङहोम जानु भएका छिमेकी नयनकुमार विश्वकर्माले चिकित्सकको यो हदैसम्मको लापारबाही भएकोले उपचारमा संलग्न चिकित्सकलाई हदैसम्मको कारबाहीको माग गरे।

सल्यक्रियापछि विरामी झन झन गम्भीर बन्दै गएकाले उपचारमा संलग्न चिकित्सक डा.सिंहले लापारबाही गरेको आफन्तको आरोप छ । प्रतिष्ठानमा डा.नरेन्द्र पण्डितको टोलीले आशिकाको उपचारमा भरमग्दुर कोशिश गरे पनि विरामीको अवस्था बीसको उन्नाइस पनि भएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार