लाइसेन्स परीक्षामा फेल भएका चिकित्सकहरुद्धारा चिकित्सकीय अभ्यास जारी

काठमाण्डौ माघ १७ -मेडिकल काउन्सिल स्रोतका अनुसार लाइसेन्स परीक्षामा फेल भएकाहरूमध्ये धेरैजसो चिकित्सकहरुले चिकित्सकीय अभ्यास जारी राखेको बताएको छ ।
‘लाइसेन्स परीक्षामा फेल भएकाहरूमध्ये अधिकांशले बिरामी जाँचिरहेको तर उनीहरूमाथि कुनै कारबाही हुन नसकेको पनि जानकारी दिएको छ । काउन्सिलका एक पूर्वसदस्यले निकै संवेदनशील कुरा भएतापनि यसमा खासै निगरानी र कारबाही हुन नकसेको उनले बताए ।
काउन्सिलको लाइसेन्स परीक्षा पास नगरी चिकित्सा अभ्यास गर्नु पाइन्दैन । नेपाल चिकित्सक संघका अध्यक्ष डा.मुक्तिराम श्रेष्ठ चिकित्सकबारे उजुरी आयो भने खोजबिन गरी कारबाही गर्ने बताए । हालसम्म यसबारे कुनै ठोस अनुसन्धान नगरिए पनि लाइसेन्स परीक्षामा फेल भएकाहरूमध्ये करिब ८० प्रतिशतले बिरामीको परीक्षण गरेका छन ।
पटक–पटक लिइने लाइसेन्स परीक्षामा फेल हुनेहरूको संख्या बर्सेनि बढदो छ । करिब दुई महिनाअघि लिइएको पछिल्लो लाइसेन्स परीक्षामा एमबीबीएस गरेका ६२ प्रतिशत डाक्टर फेल भएका थिए । लाइसेन्स परीक्षामा एमबीबीएस गरेका १ हजार २ सय २ जना सरिक भएकामा ४ सय ६१ जना मात्र पास भएका थिए । यो परीक्षामा ७ सय ४१ जना डाक्टर फेल भएका थिए । दन्त विज्ञानमा स्नातक अर्थात बीडीएस गर्ने ८५ जना डाक्टर परीक्षामा सहभागी भए पनि ४३ जना पास र ४२ जना फेल भए । अर्थात् ४९ प्रतिशत फेल भएका थिए । यो परीक्षामा नेपालकै मेडिकल कलेजमा एमबीबीएस गरेका ६ सय ८३ जना सरिक भएकामा ४ सय ३ जना मात्र पास भएका थिए ।
डाक्टरहरूलाई इन्टर्नसिप गरुन्जेल प्रोभिजनल ९अस्थायी० दर्ता गरिएको हुन्छ । अस्थायी दर्ता भनेको अन्डर सुपरभिजन ९कुनै विज्ञको देखरेखमा गर्ने गरी० हुन्छ । यस्ता व्यक्तिले पुर्जा लेखेपछि आफनो प्रोफेसर, शिक्षकलाई देखाउनुपर्छ । मुलुकमा दर्ता नभएर चिकित्सकीय अभ्यास गरिरहेको व्यक्तिको एमबीबीएस वा अन्य कुनै सक्कली डिग्री भए पनि त्यो नक्कली चिकित्सक नै मानिने उनी बताउँछन । चिकित्साशास्त्रमा स्नातक अर्थात एमबीबीएस पास गरेकाले पनि लाइसेन्स परीक्षा पास गरेपछि मात्र डाक्टरी पेसा सञ्चालन गर्नयोग्य मानिन्छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार