भारतीय सशस्त्र सीमा सुरक्षा बलद्धारा बेलौरीको सडक फराकिलो बनाउँदा अवरोध

काठमाण्डौ माघ १७ -बेलौरी नगरपालिका–१० सडक फराकिलो बनाउँदा भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबीले अवरोध गरेको छ ।

हाम्रैै भूमिमा सडक फराकिलो बनाइरहेका थियौँ, भारतीय एसएसबीले अवरोध गरेको सोहि वडाका वडाअध्यक्ष हरिलाल चौधरीले बताए ।mनगरपालिकाको सडक फराकिलो बनाउने योजनाअन्तर्गत केही दिनदेखि सडकघाटमा निर्माणको काम भइरहेको थियो ।चालू आर्थिक वर्षमा दुई किलोमिटर सडकलाई आठ मिटर चौडा बनाउन आठ लाख रुपैयाँ विनियोजन गरिएको उनले बताए ।

अहिले चार मिटर सडक रहेकाले आवतजावत गर्न अप्ठ्यारो भएको उनले बताए । यस क्षेत्रमा अब १५ मिटर मात्रै सडक चौडा गर्न बाँकी छ ।लतर, यस क्षेत्रमा नेपाल–भारतको सीमा यकिन नभएको भन्दै एसएसबीले सडक फराकिलो बनाउन रोकेको हो ।

सडकघाटदेखि सीमा क्षेत्र जोड्ने यो सडक निर्माणमा अवरोध भएपछि दुवै देशका सीमा क्षेत्रका बासिन्दालाई आवतजावत गर्न समस्या भएको छ । जसका कारण गत फागुनमा पुनर्वास नगरपालिकाको आनन्द बजारमा कल्भर्ट निर्माण गर्दा यसैगरी एसएसबीले अवरोध गरेको थियो ।

गत बर्षपनि विवाद बढ्दै जाँदा भारतीय सुरक्षाकर्मीले चलाएको गोली लागी नेपाली नागरिक गोविन्द गौतमको मृत्यु भएको थियो । एसएसबीले सडक फराकिलो बनाउन अवरोध पु¥याएपछि स्थानीय तहका जनप्रतिनिधिले छलफल सुरु गरेका छन ।

मंगलबार बेलौरी नगरपालिका प्रमुख पोतीलाल चौधरीसहित स्थानीय सुरक्षा अधिकारीहरूले एसएसबीका अधिकारीहरूसँग छलफल गरेका छन । भारतसँग सीमा जोडिएको पश्चिम क्षेत्रमा सीमा सर्भे गरिरहेको नेपाल र भारतको संयुक्त टोली पनि कञ्चनपुरको आनन्दबजार–बसही क्षेत्रमा काम गरिरहेको छ ।

यसैबीच कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार खड्काले सडक निर्माणमा आएको समस्या समाधान गर्न पहल भइरहेको बताए । सीमा स्तम्भ नम्बर ३२, ३२ र ३४ को यकिन गरी टुंगो लगाउन दुवै देशका अधिकारीहरू सहमत भएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार