प्रहरीद्धारा होटल सञ्चालक सीता तिम्सिना काठमाडौंबाट पक्राउ

 

झापा माघ १७ – दुई युवतीलाई जवरजस्ती यौनजन्य क्रियाकलावमा सम्लग्न गराई उनीहरुबाट आर्थिक लाभ लिएको आरोपमा फिदिम पाँचथर होटल सञ्चालक सीता तिम्सिना काठमाडौंबाट पक्राउ परेकी छिन ।

अर्जुनधारा नगरपालिका–११ स्थित नयाँ वसपार्कमा सञ्चालित होटलमा लामो समयदेखि एवान होटल एण्ड लजका सञ्चालक राजकुमार सिटौलासंगको मिलेमत्तोमा तिम्सिनाले ती युवतीलाई जवरजस्ती यौनजन्य क्रियाकलावमा सम्लग्न गराई आर्थिक लाभ लिएको आरोप छ । यस अघि पुस २४ गते एवान होटल एण्ड लजका सञ्चालक सिटौला होटलबाटै पक्राउ परेका थिए । कनकाई नगरपालिका –४ घर भई बिर्तामोडमा होटल सञ्चालन गर्दै आएका सिटौला र तेह्रथुम निवासी तिम्सिनाले होटलमा आएका व्यक्तिसंग जवरजस्ती यौनजन्य क्रियाकलावमा लाउने गरेको पीडित युवतीको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरेको बताइएको छ ।

उनीहरुले कोठा भाडामा लिएर समेत ती युवतीलाई अनैतिक क्रियाकलावमा सम्लग्न गराउने गरेको बताइएको छ । प्रहरीले होटलमा छापा मार्दा तिम्सिना फरार रहेकाले विशेष प्रहरीको सहयोगमा उनलाई काठमाडौंबाट आज पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

यस अघि पक्राउ परेका सिटौलालाई मानव बेचविखन तथा ओसार पसार मुद्धामा म्याद थप गरी कारवाही अघि बढाएको प्रहरी नायव उपरीक्षक कोइरालाले बताउनुभयो ।

पछिल्लो समय बिर्तामोडमा हुने यौनजन्य क्रियाकलाव रोक्न प्रहरीले विशेष अभियान चलाएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडमा प्रमुखको जिम्वेवारी सम्हाल्न डीएसपी कोइराला आएसंगै होटलमा हुने यौनजन्य क्रियाकलाव रोक्न उहाँले विशेष अभियान चलाउनुभएको छ । अभियानका क्रममा दुई महिनामा होटल सञ्चालक सहित यौनजन्य गतिविधिमा सम्लग्न भएको आरोपमा झण्डै ९० जनालाई पक्राउ गरी कारवाही अघि बढाएको डीएसपी कोइरालाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार