शाहरुखको कम्पनीमा आयकर विभागको छापा, सिल गरियो

मुम्बई – बलिउड अभिनेता शाहरुख खानमाथि महाराष्ट्र सरकारले एक्सन लिएको छ । खेतीयोग्य जमिनमा नियमविपरित फार्म हाउस सञ्चालन गरेको भन्दै राज्य सरकार मातहतको आयकर विभागले कम्पनी सिल गरेको हो ।

आयकर विभागले शाहरुखलाई जवाफ पेश गर्न ९० दिनको नोटिश समेत पठाएको छ । अली बाग भन्ने ठाउँमा शाहरुखले फार्म हाउस करिब २०००० वर्गमिटरमा फैलिएको छ । यसको मुल्य १४.६७ करोड रहेको छ ।

शाहरुखले फार्म हाउस सञ्चालन गरेको जमिन खेती गर्ने भनेर खरिद गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसविषयमा शाहरुखले केही प्रतिक्रिया दिएका छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार