कारागारबाट दैनिक उत्पादन हुने फोहर व्यवस्थापन नहुंदा स्थानियलाई समस्या

भद्रपुर,माघ १५ -भद्रपुर नगरपालिकामा रहेको जिल्ला कारागारबाट दैनिक उत्पादन हुने फोहर व्यवस्थापन हुन नसक्दा त्यसक्षेत्रका बसोबास गर्न जनतालाई समस्या भएको छ ।
कारागारबाट दैनिक उत्पादन हुने फोहर व्यवस्थापनका लागि भौत्तिक संरचना निर्माण गर्न कारागार विभागसँग रु २२ लाख रकम मागिएकामा अहिलेसम्म नआएकाले फोहर व्यवस्थापन गर्न कठिनाइ भइरहेको कारागार प्रमुख यज्ञराज निरौलाले जानकारी दिए । लगभग चार दशकअघि बनाइएको सो कारागारमा करिब ३०० कैदीबन्दी अट्ने क्षमतामा अहिले ८३२ कैदीबन्दी रहेको कारागार प्रशासनले जनाएको छ ।
कारागारबाट मलमूत्र बाहेक दैनिक तीन हजार लिटर फोहर पानी निस्कने भएकाले त्यसको व्यवस्थापन गर्न स्थानीय समुदायले विगतदेखि जिल्ला प्रशासन कार्यालय, भद्रपुर नगरपालिका र अन्य निकायसँग हारगुहार गर्दा पनि केही नलागेको स्थानीयवासी भीष्मराज भट्टराईले जानकारी दिए ।कारागार क्षेत्रमा जाडोको मौसमभन्दा पनि गर्मीमा दुर्गन्ध निकै फैलिने, कारागारभित्रको फोहर पानी त्यही वरिपरि फैलिने भएकाले सधैँ दुर्गन्ध र फोहरसँग जुधिरहनु पर्ने अर्का स्थानीयवासी खड्ग न्यौपानेले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार