ढुंगा खसेर लागेका कारण चिनियाँ इन्जिनियर सुन लिङ लङलेको मृत्यु

 

दोलखा माघ १५ -दोलखाको लामाबगरमा निर्मार्णाधीन माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा कार्यरत इन्जिनियर कार्यरत ४९ वर्षीय चिनियाँ नागरिक सुन लिङ लङलेको मृत्यु भएको छ ।

बिगु गाउँपालिका वडा नं १ स्थित आयोजनाको ड्यामसाइडमा साइड इन्जिनियरका रुपमा कार्यरत थिए । काम गरिरहेको अवस्थामा ड्यामको बाहिरपट्टिबाट अचानक खसेको ढुंगा लागेका कारण उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए।

इन्जिनियर लङ गम्भीर घाइते भएपछि उपचारका क्रममा बाटोमा ल्याउँदाल्याउँदै मृत्यु भएको उनले जानकारी दिए । आयोजनामा उनले ग्राउण्डिङ सर्किटको काम गर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार