राष्ट्रियसभा निर्वाचनका लागि एमाले र माओवादी केन्द्रबीच छलफल

 

काठमाडौँ, माघ १५ -नेकपा एमाले संसदीय दलको कार्यालय, सिंहदरबारमा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेतासहित कार्यदलको संयुक्त बैठक बसेका छन ।
संयुक्त बैठकमा राष्ट्रियसभाको निर्वाचनमा आफ्ना उम्मेदवार विजयी गराउने विषयमा छलफल भएको छ । अन्य साना दलसँगको सहकार्यको सम्भावनाबारे लाग्न र दुवैका मतदातालाई आफ्ना उम्मेदवार विजयी गराउन निर्देशन दिएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपल श्रेष्ठले जित सुनिश्चित नहुने भएमा प्रदेश नं ३ का आफ्ना उम्मेदवार वेदुराम भुसाललाई फिर्ता गराइने विषयमा पनि गृहकार्य भएको जानकारी दिए । निर्वाचनमा एमालेले २९ र केन्द्रले १४ उम्मेदवार दिने पूर्व सहमति छ ।

यही माघ २४ गतेका लागि तय भएको राष्ट्रियसभाको निर्वाचनअन्तर्गत आज उम्मेदवारी फिर्ता लिने अन्तिम दिन हो । एमालेका अध्यक्ष केपी शर्मा ओली र केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित कार्यदलमा रहेका नेताहरु बैठकमा सहभागी रहेका थिए ।

अध्यक्ष ओली र दाहालको आपसी छलफलपछि आइतबारको कार्यदलको बैठकले प्रदेशका मुख्यमन्त्री, सभामुख र उपसभामुखको बाँडफाँडबारे सहमति गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार