मादक पदार्थ सेवन गरी ईश्वरले श्रीमतीको हत्या गरे

 

झापा, माघ १५ -झापाको अर्जुनधारा नगरपालिकामा मादक पदार्थ सेवन गरी अर्जुनधारा–५ पाण्डपुरका ५५ वर्षीय श्रीमान ईश्वर दनुवारले ५२ वर्षीया श्रीमती दोमनी दनुवारको हत्या गरेका छन् ।

आइतबार बेलुका हत्या गरेको इलाका प्रहरी कार्यालय अनारमनीले जानकारी दिएको छ । मादक पदार्थ सेवन गरेका ईश्वरले बलिरहेको चिर्पटले प्रहार गर्दा दोमनीको मृत्यु भएको थियो । अभियुक्त ईश्वरलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको इप्रका अनारमनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार