उपक्षेत्रीय अस्पताल डडेल्धुरामा विशेषज्ञ चिकित्सक नहुंदा बिरामीहरु मर्कामा

 

डडेल्धुरा, माघ १५- उपक्षेत्रीय अस्पताल डडेल्धुरामा १९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहन्दापनि हालसम्म जम्मा तीनजना मात्रै विशेषज्ञ डाक्टर रहेका छन । विशेषज्ञ चिकित्सक नहँुदा बिरामीहरु मर्कामा परेका छन ।

विशेषज्ञ डाक्टर नहुँदा डडेल्धुरासहित ७ नं प्रदेशका अन्य छ जिल्लाका बिरामी उपचारका लागि धनगढी अञ्चल अस्पताल तथा नेपालगञ्जसहित भारत जान बाध्य भएका छन । दरबन्दीअनुसारका चिकित्सक नआउँदा यो क्षेत्रका बिरामी तथा सर्वसाधारणले समस्या भोगिरहेका छन ।

हाल अस्पतालमा हाडजोर्नी, स्त्रीरोगसहित एकजना एम्डिजिपी डाक्टर रहेका छन । दरबन्दीअनुसारको डाक्टरका लागि सरकारसँग पटक पटक आग्रह गरेको भए पनि विशेषज्ञ डाक्टर नपठाउँदा उपचारमा समस्या भइरहेको उपक्षेत्रीय अस्पताल डडेल्धुराका निमेसु जितेन्द्र कँडेलले बताए ।

बालरोग विशेषज्ञ डाक्टर नहुँदा उपक्षेत्रीय अस्पतालमा एक वर्ष पहिले स्थापना भएको एनआइसियु सेवासमेत सञ्चालनमा आउन सकेको छैन । एनआइसियु सेवा सञ्चालन नहुँदा यस क्षेत्रमा जन्मेदेखि २८ दिनसम्मका बिरामी बच्चाको उपचारका लागि नेपालगञ्ज वा धनगढी जानुपर्ने बाध्यता रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार