प्रहरीद्धारा फरार रहेका विमल चितवनमा पक्राउ

 

चितवन, माघ १५ -काठमाडौँको साविक गागलफेदी गाविस–५ घर भएका ३४ वर्षीय विमल खड्कालाई भरतपुर महानगरपालिका–९ गोन्द्राङबाट प्रहरीले पक्राउ गरेको छ ।

बैंकिङ कसुर मुद्दामा अदालतले दोषी ठहर गरी करोडौँ जरिवाना तोकिएका फरार व्यक्ति खड्कालाई चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले पक्राउ गरेको जानकारी दिएको हो ।
चितवन प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरोको संयुक्त टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई बैंकिङ कसुर मुद्दाद्वारा २०७१ साल असोज १ गते पुनरावेदन अदालत पाटनले तीन वर्ष कैद र रु पाँच करोड ७५ लाख जरिवाना तोकेको थियो ।

त्यसपछि फरार हुँदै आएका उनलाई फैसला कार्यान्वयन गर्ने सिलसिलामा खोजी अभियानका क्रममा पक्राउ गरेको हो ।

यसैगरी फुटबल खेलिरहेका बेला भरतपुरका सञ्जय कार्कीलाई आक्रमण गरी फरार भएका चितवन भरतपुरका अमृत गुरुङ र सिजे लामालाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई काठमाडौँको नीलबारहीबाट पक्राउ गरी सार्वजनिक अपराध ऐनअन्तर्गत म्याद थप गरी चितवनमा अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार