खाद्य पदार्थमा मिसावट र कालोबजारी रोक्न सरकारले कडा कानून ल्याउने-आपूर्ति मन्त्री चन्द

 

काठमाडौं, माघ १५- सञ्चार केन्द्र नेपालले आयोजना गरेको ‘मूल्यवृद्धि र बजार अनुगमनको अवस्था’ विषयको अन्तरक्रिया कार्यक्रममा आपूर्ति मन्त्री जयन्त चन्दले खाद्य पदार्थमा मिसावट र कालोबजारी रोक्न सरकारले कडा कानूनको ल्याउन लागेको बताएका छन ।
मुलुकमा लामो समयदेखि कानूनी राज्यको अवधारणा स्थापित हुन नसकेको भन्दै उनले उपभोक्ताका अधिकार स्थापित गराउन सातै प्रदेशमा उपभोक्ता अदालत स्थापना गर्न लागिएको उनले जानकारी दिए । उनले कडा कानूनको अभावमा खाद्यान्नमा मिसावट र कालोबजारी मौलाउँदै गएकाले त्यसलाई नियन्त्रण गर्न मन्त्रालयले कडा कानूनको मस्यौदा तयार गरिरहेको बताए । काठमाडौँका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले घटनास्थलमै दोषीमाथि कारबाही गर्ने कानून नहुँदा कालोबजारी र मूल्यवृद्धि नियन्त्रणमा कठिनाई भएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार