नख्खु कारागारमा मनोसामाजिक अस्पतालको भवन निर्माणको काम अन्तिम चरणमा

ललितपुर, माघ १५ – नख्खु कारागारमा मनोसामाजिक अस्पतालको भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यो अस्पताल कारागारमा सञ्चालित पहिलो मनोसामाजिक अस्पताल केही महिनापछि नै सञ्चालनमा आउने जनाइएको छ ।
यस कारागारमा ८०० जना कैदी÷बन्दीमध्ये करिब २०० जना मानसिक रोगी रहेको जेलर टेकबहादुर केसी जानकारी दिए । धेरै कारागारले मानसिक रोगीलाई सरुवा गरेर पठाएको उनले बताए । पहिले धुलिखेलस्थित कारागारमा मानसिक रोगीको चाप बढी हुने गरेकामा अहिले नख्खु कारागारमा चाप बढेको छ ।

कारागारमा अहिले भएका मानसिक रोगीमध्ये कति कडा त कति नरम खालका मानसिक रोगबाट पीडित छन । कतिपयले नियमित रुपमा औषधि खाइरहेका छन । मानसिक अस्पतालमा अहिले अहेबले सामान्य उपचारबाहेक अरू सेवा छैन । अरू रोगका बिरामी समेत विभिन्न अस्पतालमा जाँच र कहिले भर्ना हुने गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार