निर्वाचन आयोगद्धारा राष्ट्रियसभाको लागि नमूना मतपत्र सार्वजनिक

काठमाडौं, माघ १५ – राष्ट्रियसभा सदस्य निर्वाचनका लागि एकल संक्रमणीय र बहुमतीय निर्वाचनका लागि चार प्रकारका आठवटा मतपत्र निर्वाचन आयोगले नमूना मतपत्र सार्वजनिक गरेको छ ।
आयोगले सार्वजनिक गरेको मतपत्रमा प्रदेशसभा सदस्यले मतदान गर्न हरियो रंगको मतपत्र तय गरिएको छ । भने स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षका लागि रातो रंगको मतपत्र तयार गरिएको छ ।

राष्ट्रिय सभाका लागि महिला, दलित, अल्पसंख्यक वा अपांगता भएका व्यक्ति र अन्य सदस्यहरुलाई फरक फरक मतपत्रमा मतदान गर्नुपर्नेछ । तीनजना महिलासहित एकजना दलित, एक जना अपाङ्ग भएका व्यक्ति वा अल्पसंख्यक र अन्य तीन जना खुल्लाबाट गरी ८ जना प्रत्येक प्रदेशबाट निर्वाचिन हुनेछन् । सरकारको सिफारिसमा तीन जना भने राष्ट्रिपतिले मनोनित गर्ने व्यवस्था छ ।

आयोगका अनुसार प्रदेश १ मा ३६७, २ मा ३७९, ३ मा ३४८, ४ मा २३०, ५ मा ३०५, ६ मा १९८ र ७ मा २२९ जना मतदाता छन । यहि माघ २४ गते राष्ट्रिय सभा निर्वाचन हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार