प्रदेश २ को पहिलो बैठकका लागि व्यवस्थापकिय तयारी तीब्र

धनुषा १२, माघ । प्रदेश सभाको पहिलो बैठकको लागि प्रदेश नं २ को आगामी माघ २१ गते आह्वान गरिएको बैठकको तयारी तीव्र रूपमा भइरहेको छ ।

शैक्षिक तालिम केन्द्र जनकपुरको सभाकक्षको मर्मत् सम्भार, फर्निचर र भौतिक सामग्रीको व्यवस्थापन कार्य भइरहेको छ । प्रदेश सभाको पहिलो बैठकका लागि शैक्षिक तालिम केन्द्र भवनको तल्लो सभाकक्षमा सो तयारी भइरहेको छ ।

शहरी तथा भवन निर्माण डिभिजन कार्यालयका अनुसार प्रदेशसभा प्रमुख, मुख्यमन्त्रीको आवास, प्रदेश सभा बैठक कक्षसहितको व्यवस्थापन कार्य पनि भइरहेको छ ।

बैठकका क्रममा प्रयोग हुने डेस्क, पोडियम निर्माण र सभाकक्षको रङरोगन भइरहेको छ । प्रत्येक डेस्कमा तीनजना बस्ने गरी ४५ वटा डेस्कको निर्माण कार्य भइरहेको जनाइएको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार