काठमाण्डौ माघ १२ – धनुषाको साझेदारी वनमा घाइते अवस्थामा फेला परेको १७ फिट लामो अजिङ्गरको आज उद्धार गरिएको छ ।

घाइते अवस्थामा फेला परेको अजिङ्गरलाई जिल्ला वन कार्यालय र मिथिला वाइल्डलाइफ ट्रस्टका पदाधिकारीको संयुक्त टोलीले उद्धार गरेका हो ।
घाइते अजिङ्गरलाई गोठालाले देखेपछि जिल्ला वन कार्यालयलाई खबर गरेका थिए । सहायक वन अधिकृत सुरेश शर्मा र वाइल्ड लाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डलसहितको टोलीले अजिङ्गरको उद्धार गरेको हो । करिब ४० किलो तौल भएको अजिङ्गरलाई धनुषाधामको संरक्षित वनमा छोडिएको छ ।